१. पूर्व स्वीकृति
इजाजतपत्र प्राप्त संस्थाहरुले वैदेशिक रोजगारको लागि नेपाल सरकारबाट खुला भएका मुलुकहरुमा कामदार पठाउने प्रयोजनको लागि अनलाईन आवेदन पेश गरेमा कार्यालयबाट पूर्व स्वीकृति प्रदान गरिने छ ।

१.१  पूर्व स्वीकृतिको कारवाही प्रकृया
    
१.१.१ इजाजतपत्र प्राप्त संस्थाहरुले पूर्व स्वीकृतिको लागि आवश्यक पर्ने सम्पूर्ण कागजात अनलाइन प्रणालीमा अपलोड गरी अनलाईन आवेदन पेश गर्नु पर्ने छ ।
     १.१.२ अनलाईन आवेदन पेश गरे पश्चात इजाजतपत्र प्राप्त संस्थाको आधिकारिक ब्याक्तिले (सञ्चालक वा कर्मचारी) आफ्नो परिचयपत्र सहित सक्कल फायल कर्यालयको दर्ता शाखामा     दर्ता गराई पूर्व स्वीकृति शाखामा कार्यरत कम्युटर अपरेटरमा पेश
              गर्नु पर्ने छ । अंग्रेजी भाषा बाहेक अन्य भाषामा कागजात भएमा नेपालमा रहेका आधिकारिक निकायवाट अंग्रेजी भाषामा अनुवाद गराई पेश गर्नु पर्ने छ ।
     १.१.३ कम्युटर अपरेटरले अनलाईन प्रणालीमा पेश गरेका कागजात पेश भएको फायलमा रहेको सक्कल कागजात बमोजिम भए नभएको, सो फायलसंग सम्वन्धित नेपालीदुतावास बाट प्राप्त इमेल र इमेलमा उल्लेखीत विवरण बमोजिम  पेश भएको
              फायलमा भए नभएको साथै रोजगारदाता कम्पनीको प्रकृति वारेमा  एकिन गरी थप प्रकृयाको लागि नायव सुब्बा समक्ष पेश गर्नु पर्ने छ ।  
    १.१.४ नायव सुव्वाले पेश भएको अख्तिायारीनामा, मागपत्र, कामदारसंग गरिने करारपत्रको नमूना नेपाली दुतावासबाट प्रमाणिकरण भए नभएको, अन्य आवश्यक कागजात पेश भए नभएको, कामदारलाई दिइने तलव भत्ता लगायत अन्य सुविधा (खाना÷
             वस्ने ÷टिकट÷भिषा शुल्क लगायतका) नेपाल सरकारले तोके बमोजिम भएको नभएको, इजाजतपत्र प्राप्त संस्थाले लिन प्रस्ताव गरेको सेवा शुल्क नेपाल सरकारले तोके बमोजिम भए नभएको लगायतको विषयहरुको एकिन गरी पूर्व स्वीकृतिको
             निर्णयको लागि निर्देशक÷शाखा अधिकृतकोमा पेश गर्नु पर्ने छ ।
    १.१.५ पूर्व स्वीकृतिको लागि पेश भएका सम्पूर्ण कागजातहरुको अध्ययन गर्दा प्रचलित कानून वमोजिम  देखिएमा निर्देशक÷शाखा अधिकृतले पूर्व  स्वीकृति प्रदान गर्ने छ । पूर्व स्वीकृति दिन सकिने वा नसकिने सम्वन्धमा कुनै दुविधा भएमा आफ्नो राय
             सहित निर्देशक÷शाखा अधिकृतले  कार्यालय प्रमुखकोमा पेश गर्नु पर्ने छ ।
   १.१.६ पूर्व स्वीकृतिको अवधि अख्तियारीनामामा उल्लेख भएको समय अवधि सम्म रहने छ । तर बैदेशिक रोजगार नियमावलीमा उल्लेख भएको अवधि भन्दा वढी हुने गरी अख्तियारीनामामा उल्लेख भएको भए पनि नियमावलीमा उल्लेख भएको अवधि
             सम्मको लागि मात्र पूर्व स्वीकृतिको अवधि कायम गरिने छ ।
   १.१.७ पूर्व स्वीकृतिको लागि पेश भएका  कागजातहरुमा कुनै विषयमा स्पष्ट नभएको वा दुविधा भएको देखिएमा सम्वन्धित कम्पनी वा नेपाली दुतावास वा सम्वन्धित इजाजतपत्र प्राप्त संस्थाबाट थप कागजात माग गर्न सकिने छ ।  
   १.१.८ पूर्व स्वीकृति दिने सन्दर्भमा कामदारले पाउने न्यूनतम तलब र खानाको लागि तोकिएको रकमको गणना गर्दा दुवैको लागि तोकिएको रकम जोडी एकमुष्ठ रुपमा गणना गरिने छ ।
   १.१.९ पूर्व स्वीकृतिको फायल स्वीकृति भए पश्चात कार्यालयले तोके बमोजिमको ढाँचामा सम्वन्धित इजाजतपत्र प्राप्त संस्थाको आधिकारिक कर्मचारीलाई भरपाई गरी बुझाइने छ । कार्यालयले खोजेको समयमा सक्कल फायल पेश गर्ने दायित्व सम्वन्धित
            इजाजतपत्र प्राप्त संथाको हुने छ ।
   १.१.१० पूर्व स्वीकृतिको लागि पेश भएका कागजात अरविक भाषामा रहेछ भने कार्यालयमा कार्यारत भाषा अनुवादकबाट अनुवाद गराई आवश्यक निर्णय गरिने छ ।

Latest News

सम्पर्क

 वैदेशिक रोजगार कार्यालय, ताहाचल, काठमाण्डौ, नेपाल
 

 सम्पर्क टेलिफोन नम्बरहरु :

  • सहायता कक्ष : 015909671(व्यक्तिगत शाखा )
  •                        015907661   
  •  सहजिकरण इकाई (स्थानिय तहको लागि )
  •                            : 015909665
  •                            : 015908669    

कपिराइट © 2021 – वैदेशिक रोजगार कार्यालय, ताहाचलको सर्वाधिकार सुरक्षित